एक्लै सुनसान घरमा हर्बल टि पिउँदै ल्यापटप अगाडी बसेकाे छु । ५ वर्षकाे अन्तरालमा फेरि विद्यार्थी जीवन सुरू गर्दा डर र उत्साह दुवै छ । डर यसकारण कि म अाफैंलाइ धेरै विश्वास नगर्ने मान्छे हाे । म असाध्यै मुडी छु , साथीहरू भन्ने गर्थे कुनै बेला "नीति र मेलबाेर्नकाे माैसम उस्तै हाे, छिनछिनमा बदलिरहने " । उत्साह यसकारण कि म करिब चार वर्ष एउटै विषयमा तल्लीन भएर अनुसन्धान गर्दैछु । याे अाफैमा एउटा ठुलाे माैका हाे मेराे लागि । अष्ट्रेलियन सरकारबाट प्राप्त छात्रवृत्री पाएकाे छु । विद्यार्थी जीवनशैली अपनाए राेजीराेटीकाे दुःख छैन । तर विद्रयार्थी भएर बाँच्ने कला सिक्नु पर्दाे रहेछ । यसकाे मतलब रमाइलाे नगर्ने हाेइन रहेछ, तर रमाइलाे गर्ने तरिका फरक हुँदाे रहेछ । अष्ट्रेलिया जस्ताे विकसित मुलुककाे सकारात्मक पक्ष के भने यहाँ धनी धनी भएर बाँच्न सक्छ, फेरि गरिब पनि अाफ्नै तरिकाले बाँच्न सक्छ ।
हरेक सप्ताहान्त, म किनमेलकाे लागि गुडाउने ट्रली लिएर खानेकुरा किन्न निस्किन्छु बसमा । बस सँधै समयमा अाइपुग्छ । नयाँ अाइफाेन लिएकाे छु, घरबाट निस्किनु अघि नै पिटिभी नामकाे एपमा बसकाे समयतालिका हेर्छु । दुइ चार पसल चहारेपछि कहाँ कुन सामान सस्ताेमा छ, अफरमा छ, थाहा भइहाल्छ । एउटा सामानमा १० सेन्ट बचाउन सके " वाह नीति" भनेर अाफैंलाइ फु्र्क्याउँछु । अाखिर त्यहि पाँच दस सेन्टकाे बचतले १ डलर हुने त हाे नि । अनि एक डलर भनेकाे त बाबै कम हाे र, पुरै ९० रूपैयाँ पाे त । युनिभर्सिटीमा जहिले अाफैले घरमा पकाएकाे खाजा लान्छु । १० डलर दिनकाे पर्ने खाजा अाफैले बनाउने हाे भने एक डलर पनि नपर्ला । तर सँधै कति खानु हाे अाफैले पकाएकाे मात्र । अनि त के र हप्ताकाे एकदिन या दुइदिन यसाे किनेर पनि खाइहालिन्छ । तर भेजिटेरियन भएर बाहिर खानुकाे दुख अर्कै छ । न्युराेडकाे अाँगन र जमलकाे दुधसागर सम्झेर के गर्नु र बाबै । अस्ति क्याम्सकाे रेस्टुरेन्टमा भात र तरकारी किनेकाे , भेजिटेरियन, भेजिटेरियन भन्दैछु, मासुकाे डल्ला हाल्देछ । त्यसपछि त के र कति समयसम्म भात खान पनि मन लागेन । फेरी अर्काे दिक्क लाग्ने कुराे के भने , यहाँ भेज हुनु भन्दा ननभेज हुनु पाे सस्ताे त । एक मुठा साग र तीन छाक खान पुग्ने मासुकाे मुल्य उहि । अनि त मासु खानेलाइ के छ र, बिहानै, दिउँसै, बेलुकै मासु । याे त भयाे भर्खर भर्खर यता अाएका ननभेजका कुरा । जब महिनादिनमा भुँडी उप्सेर ठुलाे हुन्छ, त्यसपछि त चेतबाबा काशी, उनीहरू पनि किन्न थालिहाल्छन् नि त्यहि महँगाे सागकाे मुठा ।
लाै कुराे कता पुगेछ है फेरि । अँ त म लेख्दै थिएँ शाकाहारीकाे चुनाैतीहरू । तर अब मेराे दुःखका दिन धेरै छैन नि । अबकाे केहि हप्तामा नयाँ समेष्टर सुरू भएपछि म पढ्ने युनिभर्सिटी माेनासका विद्याथीहरूले चलाउने गरेकाे हाेलफुड भन्ने साकाहारी रेष्टुरेन्ट खुलिहाल्छ नि । त्यहाँकाे कफि पनि सारै मिठाे छ । माेनासकाे विद्यार्थी युनियनकाे भर्खरै सदस्य बनेकाे छु । हरेक कप कफी डिस्काउन्टमा पिइन्छ अब, क्या मजा ।
अब गराैं कुरा घरभित्रकाे सामानकाे । बस्नलाइ यहाँ धेरै कुरा विचार गर्नुपर्ने हुन्छ । पहिलाे कुरा क्याम्पसकै हाेस्टेलमा बस्ने कि बाहिर डेरा लिएर बस्ने । क्याम्पसका हाेस्टेल सुविधासम्पन्न हुन्छन्, सरक्षित हुन्छन् तर त्यतिकै महँगाे पनि । क्याम्पस बाहिर बस्ने पनि थुपै विकल्पहरू छन् । म जस्ताे परिवारवाला हाे भने सानाे एउटा युनिट या अपार्टमेन्ट भाडामा लिएर बस्न पर्याे । सिंगलहरूकै छ मस्ती । एउटा काेठाकाे कुरा न हाे , स्टुडियाे एपार्टमेन्टदेखि लिएर स्येर हाउस सम्मका विकल्पहरू छन् । यस्ताे ठाउँमा बस्दा घरभित्रका सामान केहि किन्नुपर्दैन् । हाेटलमा गएजस्ताे सिधै अाफ्ना झिटीगुम्टा बाेकेर जाने त हाे । अब अलि अलि भाँडा कुँडाकाे जाेरजाम भने गर्नु पर्ने हुन्छ । अब हामीजस्ताे परिवारवालाकाे सास्तीकाे बयान गरि साध्य छैन । पहिलाे कुराे, घर भेट्न गाराे । भेटिहाले अाफुले खाेजेजस्नाे राेजेजस्ताे नपाइने । त्यस्ताे पाइहाले नि के गर्नु र अाफ्नाे गाेजी अर्थात डेबीड कार्डकाे ब्यालेन्सले भ्याउनु पनि पर्याे । घर पाइयाे भनेर दँग परेर छिर्याे , घर हुन्छ पुरै खाली । अनि अब सुरू भएन त टेन्सन । खाट कता किन्ने, अाेढ्ने के हाे, अाेछ्याउने के हाे , सबै जुटाउन समय लाग्छ । अनि त्यसपछि थाहा पाइन्छ, विकसित देशमा न्युनतम अावश्यकताका परिभाषाहरू फरक हुँदाे रहेछ । विदयार्थी भएपनि, पैसा थाेरै भएपनि यहाँ सबैकाे घरमा फ्रिज, माइक्राे वेभ, वासिंगमेसिन, टिभि, भ्याकुम क्लिनर हुन्छ । याे सबै विद्यार्थी अर्थतन्त्र र अष्ट्रेलियन सँस्कितीकाे कमाल हाे । हरेक वर्ष धेरैकाे सँख्यामा नयाँ विद्यार्थी अाउँछन् , पुरानाहरू या त घर फर्किन्छन् या कामकाे खाेजीमा अन्तै लाग्छन् । पुरानाले अाफुले प्रयाेग गरेका सामानहरू सस्ताेमा बेचेर अाफ्नाे बाटाे लाग्छन् । यसपालि म कति भाग्यमानी परेछु भने , फ्रिज लगायत केहि फर्नीचरहरू किन्नै परेन । भएछ के भने, अार्थिक रूपले समुन्नत हुँदै गरेका मेरा एक दुइ साथीहरूले नयाँ सामानहरू किनेछन् । पुराना सामान पनि त नयाँ नै थिए तर अब ती घरमा अटाएनन् । उनीहरूले चाहेका भए सजिलै कसैलाइ सेकेन्ड ह्यान्ड बेच्न सक्थे , मलाइ माया गरे, अनि मेराे घर सजाउन मद्दत गरे । वास्तवमा घरमा नचाहिएका सामानहरू यहाँ तह लगाउने केहि तरिकाहरू रहेछ । पहिलाे तरिका हाे कसैलाइ बेच्ने । दाेस्राे तरिका हाे मलाइ जस्तै उपहार दिने, तर मान्छेलाइ चाहिएकाे हुनु पर्याे फेरि । तेस्राे तरिका हाे सेकेन्ड ह्यान्ड पसल जसलाइ यहाँ op shop अर्थात oppurtunity shop भनिन्छ, त्यहाँ लगेर दान दिने । चाैथाे तरिका हाे रिसाइकल डे कुरेर बस्ने, जुन वर्षकाे एकपटक या दुइपटक हुन्छ । अाफुले प्रयाेग नगर्ने ठुला ठुला सामानहरू, ग्याजेटहरू अाफ्नाे घर अगाडी राख्न सकिन्छ, जुन नगरपालिकाले उठाएर लाने व्यवस्था मिलाएकाे हुन्छ ।
लाै खै याे पाेष्ट कस्ताे भाे कुन्नी अलि अलि अात्मपरक, अलि अलि सुचनात्मक भएछ । लेख्न मनलागेका कुरा थुपै छन् । बाँकी अर्काे पाेष्टमा ल..................................शुभरात्री ।