नीति अर्याल खनाल
धेरैलाइ याे नाम लामाे लाग्छ, कहिलेकाहिं म अाफैलाइ पनि ।
अझै पनि विभागकाे मिटिंगहरूमा माइनुट लेख्ने सरहरूले "नीति अर्याल" मात्र लेख्नुहुन्छ, म हस्ताक्षर गर्ने बेला खनाल थप्छु ।
कहिलेकाहिं मेराे श्रीमानकाे चिनारूहरूबीचकाे बसाइमा मेराे नाम "नीति खनाल " मात्र हुनपुग्छ, म फेरि बीचमा अर्याल थप्छु ।
याे क्रम चलिरहेछ लगभग एक दशक देखि । धेरैपछि अाज एउटा घटनाले मलाइ मेराे नामकाे बारेमा साेच्न र विमर्श गर्ने माैका दिएकाे छ । त्यसकाे लागि एक बेनाम व्यक्तिलाइ धन्यवाद दिन चाहन्छु जसले मलाइ प्रश्न गरे । प्रश्नलाइ स्वीकारेर जवाफ लेखें । जब प्रश्नसँगै केहि अाराेप थपिए, याे धेरै समयदेखि नचलेकाे मेराे ब्लग चलायमान भयाे । धन्यवाद है तपाइलाइ
अचानक टि्वटरमा कसैले मलाइ प्रश्न गर्नुभयाे ः किन तपाइ दुइटा थर लेख्नु हुन्छ?
मैले जवाफ फर्काएँ ः अर्याल बुवाअामाबाट प्राप्त थर हाे अनि खनाल विवाहपछि अपनाइएकाे । मैले भनें याे मेराे व्यक्तिगत निर्णय हाे । करिब एक दशकअघि जब धेरै मेरा साथीहरू थर परिवर्तन गर्दै थिए, मैले मेराे पुरानाे थर हटाइन, त्यसैमा अर्काे नयाँ थपे । अहिले साेच्छु, यदि विवाहपछि पनि अाफ्नाे नाम कायम गरिराख्ने महिलाहरूसंग मेराे संगत भएकाे भए , म शायद त्यसै गर्न सक्थे या नगर्न पनि सक्थें, म यसै भन्न सक्दिन । तर त्यतिखेर नारीवादी परिचय बनाएका केहि महिलाहरूले दुइटै थर लेखिरहेकाे थिए । मैले पनि त्यसै गरें ।
जब मान्छेकाे नाम बन्छ, परिवर्तन गर्न गाराे हुन्छ । नीति अर्याल बाट नीति अर्याल खनाल हुन सजिलाे थिएन । तर जब त्याे नाम लेखिंदै गयाे, तब त्याे नामप्रति मेराे अपनत्व बढ्दै गयाे । जब काेहि मेराे नामप्रति प्रश्न उठाउँछ, ममाथि प्रश्न उठाएकाे जस्ताे लाग्छ । अब म अर्याल खनाल नै भएर चिनिन चाहन्छु र मलाइ त्यसमा न कुनै हिनताबाेध छ, न गर्व नै ।
याे हिनता र गर्वकाे कुरा किन जाेडिएकाे भने, मेराे नामसँग मेराे नारीवादी छवि जाेडियाे, मेराे पेशा जाेडियाे । यहि विषयमा कुराकानी गर्ने क्रममा ट्वीटरमा यस्ताे टिप्पणी अायाे
Personal choice? I am just shocked to know a university lecturer/professor has such personal choice.
व्यक्तिगत राेजाइ? म त अचम्ममा परेँ कि विश्वविद्यालयमा पढाउने लेक्चर/प्राध्यापकले यस्ताे व्यक्तिगत राेजाइ राख्छन् ।
फेरि बीच बीचमा नारीवादी भएकाे, नारीवादी गफ दिएर मान्छे उचाल्ने र जीन्दगीमा नउतार्ने व्यक्ति भनेर अाराेप पनि लगाइयाे ।
नारीवाद जति मेराे पढाउने विषय हाे, त्यति मैले बाँच्ने सिद्दान्त पनि हाे । तर कति बाँचे र कसरी बाँचे भन्ने कुरामा मेराे स्वमुल्यांकन हाेला । मेरा निकटका व्यक्तिहरूकाे मुल्यांकन हाेला । सार्वजनिक वृत्तमा लेखेकाे र बाेलेकाे अाधारमा पनि केहि मुल्यांकन हाेला । र यी हरेक मुल्यांकन सापेक्षित कुरा हुन्, व्यक्ति विशेष फरक, भाेगाइ विशेष फरक ।
लैंगीक समानताकाे कुरा गर्ने तर " म नारीवादी हाेइन है" भनेर स्पष्टीकरण दिनेहरूलाइ साेध्न मनलाग्छ मलाइ "तपाइले बुझेकाे नारीवाद के हाे?" मेराे नारीवादी परिचय पनि त्यहि असन्तुिष्टीबाट जन्मेकाे हाे । र म धक फुकाएर भन्छु म नारीवादी हाे । मैले अाफुलाइ अहिलेसम्म नारीवादीकाे रूपमा सफल भएकाे, भयंकर ठुलाे काम गरेकाे जस्ताे लाग्दैन । शायद कहिल्यै लाग्ने छैन पनि । र म जुन पेशामा छु, त्याे सहजै देखिने क्षेत्र हैन पनि । फेरि म सँधै धेरै केहि गर्न सकिन भनेर पछुताइरहने मान्छे हाे । र त्यहि पछुताउने बानीले अलि अलि सकेकाे गर्ने, नसके लेख्ने, लेख्न नसके बाेल्ने, त्याे पनि नसके, "हेर मैले सकिन, तिमी गरन" भनेर कसैलाइ अनुराेध गर्ने मान्छे हाे ।
म पढाउने मान्छे । नेपालमा पढाउने बाेलिले हाे । म सकेसम्म अाफ्नाे बाेलीमा निर्धारित पाठ्क्रम, समाजकाे बुझाइ, विद्यार्थीकाे अनुभव र अाफ्नाे अनुभव मिसाएर पढाउँछु । सबैकाे प्रिय लेक्चरर हाेइन, तर म झुर पनि छैन । जुन दिन झुर पढाउन थाल्नेछु, त्याे दिनदेखि अरू केहि काम गर्नेछु । अध्ययन अनुसन्धान वृत्ति पाएकाे बेला अनुसन्धान गरेकाे छु, साना तिना । पत्र पत्रिकामा समय मिलेसम्म लेख्छु ।
जहाँसम्म नारीवादी गफ र मान्छे उचाल्ने कुरा छ, शायद याे कुरा मेराे सामाजिक संजालमा सक्रियतासँग जाेडिएकाे हाेला । हाे म फेसबुकमा नारीवादी लेख श्येर गर्छु, कुनै विषयमा बहस गर्छु, ट्वीटरमा अाक्कल झुक्कल लेख्छु फुर्सतमा । सामाजिक संजालमा अरूकाे चियाेचर्चाे गर्नभन्दा विचार विमर्श गर्न मन पराउँछु । हाे याे गफ नै हाे । तर याे गफकाे शक्तीलाइ कम अाँक्न मिल्दैन । विश्वमा अहिले सामाजिक अान्दाेलन सामाजिक संजालकाे माध्यमबाट चलिरहेका छन् । नेपालमा नारीवादीहरूले सामाजिक संजालकै माध्यमबाट पनि अान्दाेलन गर्न जरूरी देख्छु म । किनभने अहिले महिलाहरूकाे याैनिकताकाे साँघुराे अनि पुर्वाग्रहि विचारहरू अनलाइन मिडिया र सामाजिक संजालबाट फैलिरहेकाे छ । अबकाे पछिल्ला पुस्ताका नारीवादीहरूले सामाजिक संजालमा सक्रियता नबढाइ सुख्खै छैन । कसैले त्यसलाइ गफ भन्लान् , म अान्दाेलनकाे पाटाे मान्छु । केहि समयअघि चाैकठ नामकाे नारीवादी समुहले सामाजिक संजालकै माध्यमबाट नेपाली महिलाकाे नागरिकताकाे मुद्दालाइ अान्दाेलनकाे रूप दिएकाे छ ।
तर एक टिप्पणीकर्ताकाे विचारमा मैले नारीवादी गफ धेरै दिएँ, तर जीवनमा उतारिन । हुन सक्छ । पढाएका सिदान्त सबै उतारिन हाेला । म Radical/ अामुल नारीवाद पढाउँछु तर म विवाहित छु । पढाएकाे सबै कुरा कहाँ हुन सकिन्छ र ।
जाे महिललाले विवाहपछि अाफ्नाे थर परिवर्तन गरेनन, अाफ्नाे स्वअस्तित्व कायम राखे, उहाँहरूप्रति मेराे सम्मान छ। जसले पुर्ण रूपमा अाफ्नाे थर परिवर्तन गरे र पनि नारीवादी संघर्षमा हाेमिए, के उनीहरूलाइ नारीवादी नमान्ने त ? के नेपालकाे महिला शिक्षामा अतुलनीय याेगदान दिने अंगुरबाबा जाेशीकाे (जाेशी उहाँकाे श्रीमानकाे थर हाे ) कार्यलाइ कम अांकलन गर्ने त । नेपालमा महिला अान्दाेलनमा लागेका थुप्रै महिलाहरूले दुवै थर लेख्छन् (लिष्ट लामै छ, लेख्न थाल्याे भने) , के उनीहरू याेगदानलाइ कम मान्ने त?
नारीवादका विभिन्न वाद छन् , नारीवादीका भिन्न भिन्न रूप अनि जीवन जिउने तरिका । एउटा नारीवादीले अर्काे नारीवादीलाइ "मेराे वाद ठीक, तिम्राे बेठिक" भन्ने स्थिती हुन्छ भने त्यसले अान्दाेलनलाइ कमजाेर तुल्याउँछ । हाे बहस जरूरी छ, स्व अस्तित्वकाे, तर त्यत्तिकै खाँचाे छ सह अस्तित्वकाे पनि । तर मेराे मतलब सह अस्तित्व केवल दुइटा थर लेखेर हुन्छ भन्ने बिल्कुल हाेइन । मेराे सवालमा चाहिं अचम्मसँग त्याे मिल्न पुगेकाे छ । म विवाहपछि बाँधिएकाे भन्दा धेरै हदसम्म स्वतन्त्र भएकाे छु । यसमा मेराे जीवनसाथीकाे माया र साथकाे ठुलाे भुमिका छ । तर याे ब्लग पढ्ने भावी पुस्ताका महिलालाइ म के भन्न चाहन्छु भने, विवाह भएपछि थर परिवर्तन गरिरहनु अावश्यक छैन । तर यदि थप्न चाहनुहुन्छ भने तपाइकाे इच्छाकाे कुरा हाे ।
अन्तमा, जाँदा जाँदै
मैले नारीवादीकाे रूपमा ठाेस काम गर्न बाँकी नै छ। तर मलाइ पुरा विश्वास छ म नीति अर्याल खनाल भएरै याे काम गर्ने सक्छु ।

No comments:
Post a Comment
Please share your comments